परिचय

“हामी आर्थिक आवश्यकताका साथै सदस्यको हितमा ध्यान केन्द्रित गर्छौं

हकारी ऐन २०४८ अन्तर्गत स्थापना भएको यस धनसार बचत तथा ऋण सहकारीको मुख्यालय बिजुलीबजार, काठमाडौंमा रहेको छ।

“We focus on financial needs as well as member’s welfare”

tanka sir
Tanka lal Shrestha

Chairman

Vision

सहकारीको सिद्धान्त र मुलभुत मान्यताहरुलाई आत्मसात गर्दै संस्थाका सदस्यहरुको जिवनस्तरमा आर्थिक, सामाजिक रुपमा सकारात्मक परिवर्तन ल्याउने ।

Mission

सदस्यहरुको आर्थिक सामाजिक स्तर अभिवृद्धि साथसाथै कल्याणकारी कार्यहरुको माध्यमबाट पेशागत क्षेत्रको नमुनायोग्य सहकारी संस्थाको रुपमा विकास गर्ने ।

Goal

• सहकारिप्रतिको चेतना जागरुकता र सकारात्मक सोच निर्माण गरि कार्यक्षेत्रमा काम गरेका टेलिकमकर्मिहरुलाइ पनि सहकारी अभियानमा समावेश गर्ने । • सदस्यहरुलाई नियमित बचत गर्ने र आयमुलक/ उत्पादनमुलक कार्यमा लगानी गर्न उत्प्रेरित गर्ने । • सहकारीको माध्यमबाट पुजीको निर्माण एवं परिचालन गरि देशको आर्थिक विकासमा सहयोग गर्ने ।

हाम्रो बारे

धनसार बचत तथा ऋण सहकारी संस्था लि नेपाल टेलिकमका कर्मचारीहरुद्वारा प्रवर्द्धित र संचालित पेशागत सहकारी संस्था हो । यो संस्था सहकारी ऐन २०४८ अनुसार काठमाडौ जिल्ला सहकारी डिभिजन कार्यालयमा २०६५ सालमा विधिवत दर्ता भई सहकारीको मुल्य मान्यता र सिध्दान्त अनुरुप संचालन हुँदै आएको छ ।

 

शुरुमा यस संस्थाका वर्तमान सल्लाहकार कुल बहादुर आचार्यको अगुवाइमा नेपाल दूरसञ्चार संस्थान ट्रान्समिसन विभाग त्रिपुरेश्वरमा कार्यरत ४३ जना कर्मचारीहरुले आपसी समझदारीमा प्रति महिना जनही रु.५०० जम्मा गर्ने सहमति गरी २०६० सालमा स्थापित शुभलाभ कर्मचारी बचत कोष नै २०६५ सालमा सहकारी ऐन अनुसार नेपाल टेलिकमको काठमाडौं जिल्लामा कार्यरत कर्मचारीहरु मात्र सदस्य रहने गरी जिल्ला सहकारी कार्यालय काठमाडौंमा धनसार सहकारी संस्था लिमिटेडको नाममा दर्ता भएको थियो । दर्ता भई सकेपछि त्यस समयमा नेपाल टेलिकमको विभिन्न कार्यालयहरुमा कार्यरत कर्मचारीहरुको आपसी समझदारीमा संचालित टेलिकम कर्मचारी कोष, हातेमालो कल्याणकारी कोष लगायत विभिन्न कोषहरुलाई यस सहकारीमा समाहित गरियो।


यसरी नेपाल टेलिकममा कार्यरत ४३ जना कर्मचारी संस्थापक सदस्य रहि रु. २१५००० को शेयर पुजीबाट स्थापना भएको यो संस्था २०८० आषाढ मसान्तसम्म आइपुग्दा शेयर सदस्य १११० जना, शेयरपुजी १.०९२  करोड, निक्षेप ११.२२ करोड, कर्जा ११.०९ करोड, जगेडा तथा अन्य कोष १.५६ करोड पुगेको छ ।
शुरुमा काठमाडौ जिल्लाभर कार्यक्षेत्र रहेको यो संस्था सहकारी ऐन नियममा भएको परिवर्तन पश्चात हाल भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकारी विभाग, बाग्मती प्रदेशस्तरिय कार्यक्षेत्रमा पर्न गएको छ ।


यस सहकारी संस्थाले यसका शेयर सदस्यहरुबाट मासिक निस्चित रकम नियमित बचतको रुपमा संकलन गरि उपयुक्त प्रतिफल दिदै बचत गर्न प्रेरित गर्दै आएको छ भने संस्थाका सदस्यहरुलाई तत्काल आवश्यक हुने सामाजिक कार्य लगायत सानातिना आर्थिक समस्या टार्नका साथै घर, जग्गा, सवारी साधन जस्ता जायजेथा खरिद गर्न, आयमुलक/उत्पादनमुलक व्यवसायमा लगानी गर्न, सन्ततिको शिक्षा, उच्च शिक्षा हासिल गर्ने क्रममा चाहिने विशेष वित्तिय आवश्यकतालाइ पूरा गर्न समेत सरल, सहज र सुपथ ब्याजदरमा कर्जा उपलब्ध गराउदै आएको छ । 

सदस्यहरुलाई बचत जम्मा गर्न तथा ऋण लिन थप सहज बनाउन Phone pay (QR code), Connect IPS जस्ता प्रविधिको प्रयोग गरिदै आएको छ । सदस्यज्युहरुलाई सुचना प्रवाहको लागि प्रीण्ट मिडिया, SMS का साथसाथै आधिकारिक Facebook page बाट समेत सुचना प्रवाह गर्ने गरिएकोमा हाल संस्थाको आधिकारिक वेवसाइट (dhansar.coop.np) संचालनमा ल्याइएको छ ।

त्यसै गरि संस्थाले सदस्यहरुको लागि दैवी प्रकोप या बिपदमा आर्थिक सहयोग उपलब्ध गराउने, सदस्यहरुको सन्ततिको लागि धनसार छात्रवृत्ति सम्मान लगायत सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान, निशुल्क स्वास्थ्य शिविर संचालन, विशेषज्ञ डाक्टरहरु मार्फत स्वास्थ्य परिक्षण, असहायहरुको लागि फलफुल तथा भोजन व्यवस्था जस्ता कल्याणकारी कार्यहरु पनि गर्दै आएको छ ।