Message From Our Chairman
आदरणीय शेयर सदस्य महानुभावहरु नमस्कार अभिवादन !
धनसार बचत तथा रिण सहकारी संस्था लि स्थापना भइ संचालनमा आएको १५ बर्ष पूरा भएको छ । यो संस्था सहकारी ऐन २०४८ अनुसार २०६५ सालमा विधिवत दर्ता भइ विशुद्ध रुपमा सहकारीको सिद्धान्त, मुल्यमान्यता र सहकारी विभागको नीति निर्देशन अनुसार संचालन हुँदै आएको छ ।
यो अवधिमा यहाँहरुको अगाध स्नेह र विस्वाशका कारण नै हामी आजसम्म निरन्तर अघि बढिरहेका छौं । संस्थालाई आजको अवस्थासम्म ल्याईपुर्याउन महत्त्वपूर्ण भुमिका खेल्ने अग्रज संस्थापक मित्रहरु, संचालक समिती, लेखा सुपरिवेक्षण समिति, विभिन्न उपसमितीका बर्तमान तथा भुतपुर्व पदाधिकारिहरु, शेयर सदस्यज्युहरु, व्यवस्थापक तथा कर्मचारीहरुका साथै नियामक निकायहरु, छाता सङ्गठन NEFSCUN लगायतका सङ्घहरु, राष्ट्रिय सहकारी बैंक, सहकारी अभियन्ताहरुका साथै हाम्रो कार्यक्षेत्र नेपाल टेलिकम समेतमा हार्दिक धन्यवादका साथै सम्मान एवं आभार प्रकट गर्न चाहन्छु ।
हाम्रो एक मात्र र सर्वोपरी उद्देश्य भनेको नै यसका सदस्यहरुको आकाङ्क्षा र चाहना अनुसार सरल र सहज रुपमा आवश्यक वित्तीय सेवा पुर्याउनु हो । आजको वचत भोलिको सुरक्षा भन्ने ध्येयले नै सानो सानो वचतबाट भविस्यको लागि पुँजी निर्माणको आधार तयार गर्दै संकलित बचतबाट सदस्यहरुको वित्तिय आवश्यकता पूरा गर्नका साथै आयमुलक/उत्पादनमुलक व्यवसायमा लगानि गरि उध्यमशिल (entrepreneurship) बनाई थप प्रतिफल हासिल गर्न उत्प्रेरित गर्नु र सदस्यहरुको आर्थिक सामाजिक रुपान्तरण र सम्वृद्धिको यात्रामा सहयोग गर्नु हाम्रो प्रमुख कर्तव्य हो । यसको लागि निति विधि र प्रविधिको अनुशरण गर्दै संस्थाको सम्पती र शेयर सदस्यहरुको निक्षेपको सुरक्षाका साथै सदस्यहरुको आर्थिक सामजिक विकासमा धनसार लाई एउटा अब्बल सहयोगी संस्थाको रुपमा विकास गर्दै लैजाने कुरामा विस्वास दिलाउन चाहन्छु ।
अन्त्यमा, हाम्रा आदरणीय सबै सदस्य महानुभावहरु एवं शुभचिन्तकहरुको सल्लाह, सुझाव र सहयोगको लागि आभार व्यक्त गर्दै आगामी दिनमा पनि यसरि नै रचनात्मक सुझाव र सहयोगको लागि अपेक्षा राखेको छु । धन्यवाद ।