सोमबार–शुक्रबार: बिहान ९:०० – साँझ ५:००
+977-01- 014791722  |  info@dhansar.coop.np
सामान्य जिज्ञासाहरू

Frequently Asked Questions (FAQ)

नेपाल टेलिकममा कार्यरत वा सो सँग आबद्ध व्यक्तिहरू सदस्य बन्न सक्नुहुन्छ। न्यूनतम रु. १०० को दरले ५० कित्ता शेयर (रु. ५,०००) खरिद गर्नुपर्ने, रु. २०५ प्रवेश शुल्क, रु. ३०० सदस्य हितकोष र नियमित बचत रु. ३०० गरी जम्मा रु. ५,८०५ जम्मा गर्नुपर्दछ। नागरिकता, फोटो र भर्नापर्ने फाराम कार्यालयमा उपलब्ध।

नियमित बचत, विशेष बचत, बाल बचत, शेयर बचत, ३ महिने आवधिक, ६ महिने आवधिक, १ बर्षे आवधिक र कल्याणकारी कोष — सबै योजना सदस्यका आवश्यकता र सहजताका लागि संचालित। विस्तृत ब्याजदर कार्यालयको नोटिस बोर्डमा उपलब्ध।

कार्यालयमा ऋण आवेदन फाराम जम्मा गर्नुस् → ऋण अधिकृतले बचत, शेयर र उद्देश्य जाँच गर्नुहुन्छ → निर्वाचित ऋण समितिले मतदानबाट निर्णय गर्दछ → सम्झौतामा हस्ताक्षर गरेपछि सोही दिन रकम वा चेक प्रदान। Business Loan, Housing, Real Estate, Micro, Commercial, Educational, Agricultural सबै किसिमका ऋण उपलब्ध।

बिजुलीबजार स्थित हाम्रो कार्यालयको काउन्टरमा राखिएको Phone Pay QR कोड मोबाइल एपबाट स्क्यान गर्नुहोस् र शेयर पुँजी, बचत जम्मा वा ऋण किस्ता भुक्तानी दिनुहोस्। सेवा बिहान १०:०० देखि साँझ ५:०० बजेसम्म कर्मचारी उपस्थित समयमा उपलब्ध।